Message From Chairperson
लघुवित्तको महत्वलाई मनन् गरी वि.स. २०६५ मा आयोजना गरिएको प्रथम राष्ट्रिय लघुवित्त सम्मेलनमा समेत परम्परागत लघुवित्त सेवा विपन्न समुदायका नागरिक सम्म पुग्न नसकेको र गैरसरकारी संस्थाबाट दिगो रुपमा यस्तो सेवा प्रदान गर्न नसकिने निष्कर्ष रहेको थियो । सोही निष्कर्षलाई आधार मानि अति विपन्न नागरिकहरुको पहुँचमा वित्तीय सेवा पु¥याउनका लागि र सामुदायिक मोडलमा लघुवित्त संस्थाहरु सञ्चालन सम्बन्धमा डा. मान बहादुर वीकेको नेतृत्वमा वित्तीय समावेशिता सम्वन्धी अध्ययन गरिएको थियो । सोही अध्ययनका आधारमा विकास गरिएको "पहिले ऋण व्यक्तिगत हस्तक्षेप" (Credit First Individual Intervention) सहितको सामुदायिक बैङ्किङ मोडेलको अभ्यास गर्न आवश्यक ठानी २०६६ चैत्र २७ गते सामुदायिक बैंकको रुपमा जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक दर्ता गरी २०६७ कार्तिक २८ गते देखि देशकै मुख्य शहर बुटवलमा आफ्नो केन्द्रीय कार्यालय स्थापना गरी बैकिङ्ग कारोबार शुरु गरिएको हो । गरिवी निवारणको लागि वित्तीय सेवा पहुँचको प्रभावकारी मोडलको रुपमा Global Microcredit Summit Secretariat बाट समेत 2010 मा यस संस्थाले प्रशंसापत्र प्राप्त गरेको छ, भने फ्रान्सेली लेखिका Isabelle ले लेखेको पुस्तक Zone of Peace: A Revised Concept (2011) मा समेत यो मोडललाई तेस्रो पुस्ताको लघुवित्त सेवा भनी चित्रित गरेको पाईयो । जसले गर्दा हामीलाई थप हौसला प्राप्त भएको छ ।
यस वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकबाट स्वीकृत कार्यक्षेत्र १९ जिल्ला मध्ये तराईका ११ जिल्लाहरु पर्सा, चितवन, बर्दघाट सुस्ता पूर्व नवलपुर, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ्ग, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र यी जिल्लाहरुसँग सिमाना जोडिएका पहाडी ८ जिल्लाहरु तनहुँ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, सल्यान, सुर्खेत र डडेलधुरा रहेका छन् । साथै, स्वीकृत प्राप्त जिल्लाहरुमा आ.व. २०७६/०७७ को अन्तिम सम्म १९ जिल्लामा ३९ वटा शाखा कार्यालयहरु विस्तार गरी आधुनिक लघुवित्त बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।
यस वित्तीय संस्थाको लक्षित समुदायहरुमा पछाडी परेका र पारिएका समुदाय लक्षित, मुक्त कमैया, मुक्त हलिया, सुकुम्बासी तथा द्वन्द्व पीडित, दलित, महिला र विपन्न समुदायका सदस्यहरुलाई संस्थासँग आबद्ध गरी वित्तीय सेवा मार्फत आर्थिक उपार्जनमा रोजगार सिर्जना गरी राष्ट्रलाई टेवा पु¥याई सामाजिक र आर्थिक रुपान्तरणमा सहयोग पु¥याउने मुख्य उद्देश्य रहेको छ ।
- यस वित्तीय संस्थाले प्रविधिमैत्री भै समयको माग अनुसार आफ्ना शाखा कार्यालयहरुमा DFID को आर्थिक सहयोगमा सञ्चालित Sakchyam Access to Financnce सँगको सहकार्यमा सवल र पारदर्शीताका साथ, कार्यकुशलतामा वृद्धि गराउदै आर्थिक कारोवार अभिलेखीकरणलाई यथार्थरुपमा राख्ने व्यवस्था मिलाएका छौ । तत्कालीन राष्ट्र बैंकका गर्भनर डा.चिरन्जीवी नेपाल ज्यूबाट सुभारम्भ गरिएको थियो ।
- UK Aid, Sakchyam Access to Finance सँग साझेदारी गर्दै उर्जा कर्जा परियोजना सफलताकासाथ सञ्चालन गरिआएका छौं ।
- समूह सदस्यहरुलाई वित्तीय साक्षरता अभियान चलाउने, उद्यमी बनाउने विविभन्न तालीमहरु सञ्चालन गरिआएका छौं ।
- स्वरोजगार सृजना गर्ने उद्देश्यका साथ UK Aid Skills for Employment Programme (सीप) परियोजना सँग सहकार्य गरि कार्यक्रम सञ्चालन गरिआएका छौं ।
- यूवा तथा साना व्यवसायी स्वरोजगार कोष सँग सहकार्यमा यूवा स्वरोजगार कार्यक्रम विना धितो कर्जा प्रवाह गरिआएका छौं ।
- यस वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरुमा सहयोग गरि आफ्नो उपस्थितीलाई निरन्तरता दिई आएको छ ।
आजको दिनमा विश्वासका साथ हामी संस्थाको प्रगती र उन्नतीमा निरन्तर रुपमा लागी रहेकै छौ । यस संस्थाको प्रगती र उन्नतीमा सधै अभिभावकीय भूमिका खेल्ने अनुगमनकारी निकाय नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र वोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेड, लगानीकर्ताहरु, लघुवित्त संघ नेपाल -MAN_, NMBA,, सम्पूर्ण हाम्रा सेवाग्राही समूह सदस्यहरु, कर्मचारीहरु, प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस संस्था सँग सरोकार राख्ने शुभेच्छुक, सहकार्य गर्ने संस्थाहरु लगायत सबैमा प्रगती पथमा अझ खट्ने छौ भनी प्रविद्धता सहित हार्दिक धन्यवाद दिन चाहन्छु ।
Dr. Man Bahadur BK
Chairperson